Tuesday, August 16, 2016

'ठग' मा दीपिका र आमिरको रोमान्स

मुम्बई, बलिवूड का मिस्टर प्रफेकशनिस्ट आमिर खान अब दीपिका पादुकोणलाई आफ्नो जोडी बनाउन सक्छन  यश राज ब्यानरको फिल्म 'ठग' मा यी दुबैलाई साथमा लिने कोशिश जारी छ। 

ठग लाई विजय कृष्ण आचार्यले निर्देशन गर्नेछन , जसले धुम ३ बनाएका थिय । जुन फिल्म ले बक्स अफिसमा निकै धमाका मच्चाएको थियो  

यदि दीपिका यस फिल्म को लागि राजि भईन भने यो कास्टिंग निकै दिलचस्पी हुनेछ  यदि तिन खान को कुरा गर्ने हो भने दीपिका ले ऐले सम्म शाहरुख खान संग मात्रै स्क्रीन शेयर गरेकी छन्  डेब्यु फिल्म 'ओम शान्ति ओम ' सहित किंग खान को साथमा उनले ३ ओटा फिममा काम गरेकी छन् र तिनै फिल्म सुपरहिट रहे I 

सलमान को साथ् काम गर्ने मौका दीपिकाले दुई पटक गुमाएकी छन् पहिले किक र फेरी ट्युबलाईट मा दीपिकाको नाम लिड रोलको रेस मा थियो I
  

सलमानको बिबाह मिति भगवानलाई नै थाह छैन : सलिम खान

संचार माध्यममा उनका फ्यानहरुबीच बलिउड दबंग स्टार सलमान  खानको विवाहको मिति कहिले हो भन्ने चर्चा सधैं चलिरहन्छ। तर, सलमानका पिता सलिम खानले भने सलमानले कहिले विवाह गर्छन भन्ने कुरा भगवानलाई पनि थाहा नभएको बताएका छन्।
चर्चित स्क्रिप्ट राइटरसमेत रहेका सलिमले सलमानको विवाह  सम्बन्धमा आफूलाई धेरै प्रश्नहरु आउने गरेको र उक्त प्रश्नको जवाफ आफूसँग नभएको बताउँदै आएका थिए। हालै उनले एक टिव्ट गर्देै आफू एक रेडियो शो मा पहुनाका रुपमा जान लागेको र त्यहाँ सलमानको विवाह सम्बन्धी प्रश्न नसोध्न आग्रह गरेका हुन्।
उनले टिवट्मा भने, ‘सलमानले कहिले विवाह गर्छन् भनेर मलाई नसोध्नु होला किनभने भगवानलाई पनि सलमानले कहिले विवाह गर्छन् भन्ने थाहा छैन। तर तपाइँहरु मलाई अन्य प्रश्न भने सोध्न सक्नु हुनेछ।’

Monday, August 15, 2016

पारस को उत्कृष्ट ब्याटिंग संगै नेदरल्याण्ड माथि १९ रनको जित ; शिर्ष चार मा पर्ने सम्भावना कायमै

३२,श्रावण– पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले नेदरल्याण्ड्समाथि १९ रनको सनसनीपूर्ण जित हात पारेको छ ।
पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै डच टिम माथि बदलाको स्वाद चाखेको छ | नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो भने यो जित संगै नेपालको शीर्ष चारमा पर्ने सम्भावना कायमै छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।
अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।
खराब सुरुवात गरेको डच टिमले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।
नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।
नेपालको पनि सुरूवात खासै राम्रो रहेन ६५ रन जोड्दा ३ विकेट गुमाएको नेपालि टिमलाई समाल्न पारस खड्का र सागर पुनले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान खड्का ८४ रनमा आउट भए । सगर पुनले ४५ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नचिनेका व्यक्तिबाट चलचित्र निर्माता तथा निर्देशक रोज राणा माथि खुकुरी प्रहार

काठमांडौ , परिचय नखुलेका ब्यक्तिको आक्रमणबाट चलचित्र निर्देशक तथा निर्माता रोज राणा घाइते हुनुभएको छ । काठमाडाैको मध्य बानेश्वरमा सोमबार बेलुका राणालाई नचिनेका मानिसले खुकुरी प्रहार गरेका हुन् । दाहिने हातमा २ वटा चोट ललागेका राणाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 
मध्य बानेश्वरको सेण्टर रेष्टुरेण्टमा बसिरहेका बेला नचिनेका मानिसले बोलाएर राणा र विष्णुवहादुर गिरीमाथि खुकुरी प्रहार भएको थियो । आक्रमणबाट गिरी पनि सामान्य घाइते हुनुभएको छ। 
विभिन्न चलचित्र निर्माणमा संलग्न राणाले निर्देशन गरेको चलचित्र परशुराम अहिले विभिन्न हलमा प्रदर्शन भइरहेको छ ।

मंत्री छनोठ को बिषयमा मावबादी भित्र असन्तुस्टी

३२,श्रावण- सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको छ। दसवटा कम्युनिस्ट घटक मिलेर पार्टी एकीकरण भएको ६ महिना बित्न नपाउँदै पार्टीभित्र अनेकथरि असन्तुष्टि देखिएपछि यही वर्ष गर्ने भनिएको महाधिवेशनलाई कसरी सौहार्द्रपूर्ण तरिकाले टुंग्याउने भन्ने समस्या देखिएको नेताहरू बताउँछन्।
माओवादी स्रोतका अनुसार पार्टी एकीकरणपछि विभिन्न समूहबाट आएका नेतालाई बेवास्ता गरिएको आरोप लागिरहेका बेला शीर्ष नेतृत्वले मन्त्री छनोटमा झनै मनपरी गरेपछि आउँदो महाधिवेशनमा 'सवक' सिकाउने पक्षमा अधिकांश नेता/कार्यकर्ता छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री छनोटमा मनोमानी गरेपछि बाहिरी रूपमा त्यसको दोष हरेक नेता/कार्यकर्ताले भोग्नुपरेको नेताहरूले गुनासो गरेका छन्। माओवादी नेताहरूका अनुसार मन्त्री छनोटका बेला प्रधानमन्त्रीले महिलालाई चरम बेवास्ता गरेपछि धेरैमा निराशा देखिएको छ। भाषणमा सबभन्दा बढी समावेशी समानुपातिकको कुरा गर्ने पार्टीले नै व्यवहारमा महिलालाई 'हेपाहा' व्यवहार गरेको महिला नेतृहरुको  गुनासो छ। 
पार्टीभित्र मन्त्रिपरिषद् विस्तार गर्दा दाहालले समावेशी समानुपातिकको आधारमा गर्ने प्रतिबद्धता जनाए पनि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा महिलालाई क्याबिनेट मन्त्री बनाएनन्। महिलाले मन्त्री नपाएकोमा व्यापक असन्तुष्टि पोखेपछि अन्तिममा दाहालले पार्टीका दुई महिलालाई राज्यमन्त्री नियुक्त गरेका थिए।
 व्यवस्थापिका संसद्मा ८२ सांसद रहेको माओवादीमा महिलाको संख्या २८ छ। 

काभ्रे मा बस दुर्घटना ; २२ जनाको मृत्यु ३० घाईते

बनेपा— काठमाडौंबाट कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरे  भिरमा दुर्घटनाग्रस्त भएको छ। 
दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् I

५० जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय बासिन्दाले बताएका छन्।स्थानीय   का अनुसार क्षेमता भन्दा बढी यात्रु बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। 

  

Saturday, August 13, 2016

बर्तमान सरकार चुनावमा धादली गर्न बनेको हो ; डा. भट्टराई

 ३०,श्रावणपुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका  संयोजक डा. बाबुराम भट्टराईले बर्तमान  सरकार  चुनाबमा धाँदली गर्नको लागि  बनेको आरोप लगाएका छन् |

शनिबार काठमांडौमा आयोजित नयाँ शक्ति पार्टी नेपाल केन्द्रीय सम्पर्क संयन्त्रको भाब सम्प्रेसण कार्यक्रममा बोल्दै डा. भट्टराईले भनेका छन् – "यो सरकारले मधेशी, आदिबाशी जनजातिको समस्या समाधान गर्ने भए ओली सरकारमा रहंदा नै गर्थ्यो, त्यसैले यो सरकार र गठबन्धनको एक मात्र उदेश्य चुनाबमा गएर सकेसम्म धाँदली गर्नु हो , तर यो सम्भब हुने वाला छैन |"

फरक प्रसंगमा बोल्दै डा. भट्टराईले भनेका छन् -"आज देशले मुख्य राजनीतिक कार्यभार मूलतः पुरा गरेकोले बाँकि रहेको आर्थिक कार्यभार पुरा गर्न नयाँ शक्ति एक मात्र बैकल्पिक  राजनीतिक शक्तिको रुपमा उदाएको हो |"

कार्यक्रममा नयाँ शक्ति नेपालका नेता तथा पूर्व अर्थ सचिब समेत रहेका रामेश्वर खनालले देशलाई ७ वर्ष , १५ वर्ष र ३० वर्षमा गरी एक समून्नत देश बनाउने खाका प्रस्तुत गरे |

त्यस्तै संगठन बिभाग प्रमुख देबेन्द्र पौडेलले हिजो हामीलाई फस्यौ भन्नेहरु आज सम्म आईपुग्दा उनीहरु नै फसेको र नयाँ शक्तिले देशभर नै आफ्नो सशक्त उपस्थिति जनाईरहेको बताए |