Monday, August 15, 2016

मंत्री छनोठ को बिषयमा मावबादी भित्र असन्तुस्टी

३२,श्रावण- सरकार गठन र मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि बढ्दै गएको छ। दसवटा कम्युनिस्ट घटक मिलेर पार्टी एकीकरण भएको ६ महिना बित्न नपाउँदै पार्टीभित्र अनेकथरि असन्तुष्टि देखिएपछि यही वर्ष गर्ने भनिएको महाधिवेशनलाई कसरी सौहार्द्रपूर्ण तरिकाले टुंग्याउने भन्ने समस्या देखिएको नेताहरू बताउँछन्।
माओवादी स्रोतका अनुसार पार्टी एकीकरणपछि विभिन्न समूहबाट आएका नेतालाई बेवास्ता गरिएको आरोप लागिरहेका बेला शीर्ष नेतृत्वले मन्त्री छनोटमा झनै मनपरी गरेपछि आउँदो महाधिवेशनमा 'सवक' सिकाउने पक्षमा अधिकांश नेता/कार्यकर्ता छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री छनोटमा मनोमानी गरेपछि बाहिरी रूपमा त्यसको दोष हरेक नेता/कार्यकर्ताले भोग्नुपरेको नेताहरूले गुनासो गरेका छन्। माओवादी नेताहरूका अनुसार मन्त्री छनोटका बेला प्रधानमन्त्रीले महिलालाई चरम बेवास्ता गरेपछि धेरैमा निराशा देखिएको छ। भाषणमा सबभन्दा बढी समावेशी समानुपातिकको कुरा गर्ने पार्टीले नै व्यवहारमा महिलालाई 'हेपाहा' व्यवहार गरेको महिला नेतृहरुको  गुनासो छ। 
पार्टीभित्र मन्त्रिपरिषद् विस्तार गर्दा दाहालले समावेशी समानुपातिकको आधारमा गर्ने प्रतिबद्धता जनाए पनि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दा महिलालाई क्याबिनेट मन्त्री बनाएनन्। महिलाले मन्त्री नपाएकोमा व्यापक असन्तुष्टि पोखेपछि अन्तिममा दाहालले पार्टीका दुई महिलालाई राज्यमन्त्री नियुक्त गरेका थिए।
 व्यवस्थापिका संसद्मा ८२ सांसद रहेको माओवादीमा महिलाको संख्या २८ छ। 

No comments:

Post a Comment