Monday, August 15, 2016

पारस को उत्कृष्ट ब्याटिंग संगै नेदरल्याण्ड माथि १९ रनको जित ; शिर्ष चार मा पर्ने सम्भावना कायमै

३२,श्रावण– पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले नेदरल्याण्ड्समाथि १९ रनको सनसनीपूर्ण जित हात पारेको छ ।
पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै डच टिम माथि बदलाको स्वाद चाखेको छ | नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो भने यो जित संगै नेपालको शीर्ष चारमा पर्ने सम्भावना कायमै छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।
अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।
खराब सुरुवात गरेको डच टिमले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।
नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।
नेपालको पनि सुरूवात खासै राम्रो रहेन ६५ रन जोड्दा ३ विकेट गुमाएको नेपालि टिमलाई समाल्न पारस खड्का र सागर पुनले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान खड्का ८४ रनमा आउट भए । सगर पुनले ४५ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

No comments:

Post a Comment