३०,श्रावण– पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति
नेपालका संयोजक डा. बाबुराम भट्टराईले
बर्तमान सरकार चुनाबमा धाँदली गर्नको लागि बनेको आरोप लगाएका छन् |
शनिबार काठमांडौमा आयोजित नयाँ शक्ति
पार्टी नेपाल केन्द्रीय सम्पर्क संयन्त्रको भाब सम्प्रेसण कार्यक्रममा बोल्दै डा.
भट्टराईले भनेका छन् – "यो सरकारले मधेशी, आदिबाशी जनजातिको समस्या समाधान गर्ने
भए ओली सरकारमा रहंदा नै गर्थ्यो, त्यसैले
यो सरकार र गठबन्धनको एक मात्र उदेश्य चुनाबमा गएर सकेसम्म धाँदली गर्नु हो , तर यो सम्भब हुने वाला छैन |"
फरक प्रसंगमा बोल्दै डा. भट्टराईले
भनेका छन् -"आज देशले मुख्य राजनीतिक कार्यभार
मूलतः पुरा गरेकोले बाँकि रहेको आर्थिक कार्यभार पुरा गर्न नयाँ शक्ति एक मात्र
बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको
हो |"
कार्यक्रममा नयाँ शक्ति नेपालका नेता
तथा पूर्व अर्थ सचिब समेत रहेका रामेश्वर खनालले देशलाई ७ वर्ष , १५ वर्ष र ३० वर्षमा गरी एक समून्नत
देश बनाउने खाका प्रस्तुत गरे |
त्यस्तै संगठन बिभाग प्रमुख देबेन्द्र
पौडेलले हिजो हामीलाई फस्यौ भन्नेहरु आज सम्म आईपुग्दा उनीहरु नै फसेको र नयाँ
शक्तिले देशभर नै आफ्नो सशक्त उपस्थिति जनाईरहेको बताए |
No comments:
Post a Comment