Saturday, August 13, 2016

नेविसंघको चुनाव मंगल बार हुने

३०,श्रावण – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रतिनिधिको नामावली प्रकाशन भएसँगै नयाँ नेतृत्वको लागि चुनाव हुने पक्का भएको छ । विवादकै बिच महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको हो ।
महाधिवेशन उद्घाटन भएको १० दिनपछि आउँदो मंगलबार चुनाव हुने भएको छ । महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि बन्दसत्रनै नभइ चुनाव हुन लागेको हो । त्यसको लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बेलुका तीन हजार ७ सय ६० प्रतिनिधिको नामावली प्रकाशन गरेको समितिले आइतबार दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ ।
आउँदो मंगलबार पर्सि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिए लगत्तै  मतगणना गरिनेछ । नेविसंघले प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधानको टुङ्गो लगाएको छ । जसअनुसार एक अध्यक्ष, १३ जना उपाध्यक्ष, तीन महामन्त्री, १६ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । नेविसङ्घको महाधिवेशन झन्डै १० वर्षपछि हुन लागेकाले हरेक पदमा आकाङ्क्षी धेरै देखिएका छन् ।

No comments:

Post a Comment