Wednesday, August 10, 2016

सेल्फी खिच्न दैनिक ४५ मिनेट खर्चिन्छन युवती ले


एजेन्सी–युवायुवतीमा सेल्फीको नशा र क्रेज बढ्दै जादाँ एक अध्ययनले युवतीले युवाको तुलनामा सेल्फीकालागि धेरै समय खर्चने देखाएको छ।


मिमर नामक अनलाइनले १६ देखि २५ वर्ष उमेर समूहका करिब २ हजार युवतीमाझ गरेको उक्त अध्ययनले  युवतीले सेल्फीकालागि दैनिक ४५ मिनट खर्चने र हप्तामा सरदर ५ घण्टा ३६ मिनेट खर्च गर्ने देखाएको हो।

अध्ययनका अनुसार उनीहरुले दिनमा ३ वटा सेल्फी लिने गर्दछन्। जसमा उनीहरुले प्रत्येक सेल्फीकालागि १६ मिनेट खर्च गर्दछन्। 

अध्ययनले सेल्फी संस्कृतिका रुपमा विकास भएको र यसले मानिसमा आत्मकेन्द्रित बनाएको जनाएको छ। अध्ययनमा सहभागी अधिकाशंले फेसबुक, ट्विटर तथा इन्स्ट्राग्राम जस्ता सामाजिक संजालमा पोस्ट गर्न सेल्फी लिने गरेको जनाएका थिए।

No comments:

Post a Comment