Wednesday, August 10, 2016

सिद्धार्थ मल्होत्रासँग कटरिनाको रोमान्स


मुम्बई– फिल्म ‘बार बार देखो’ बलिउड सुन्दरी कटरिना कैफ र अभिनेता सिद्धार्थ मल्होत्रा निकै कामुक दृष्यमा देखिएका छन्।  रोमान्टिक फिल्म बार बार देखो मा कटरिना सिद्धार्थकासाथ रोमान्स गर्दै गरेको दृष्य अहिले भाइरल भएको छ।


अभिनेता रणवीर कपूरसँग को डीभोर्ष भएपछी कटरिना निकै स्वत्रन्त्र मुद्रामा देखिएकी छन उनले सिध्दार्थ संग दिल खोलेर रोमान्स गरेकी छन ।

भारतीय संचारमाध्यमका अनुसार २०१६ का केही महिना दर्शकहरुका लागि विशेष हुने भएका छन्। यो वर्ष बलिउडमा धेरै फ्रेश जोडी रोमान्स गर्दै पर्दामा देखिने भएका छन्। तर  सिद्धार्थ र कटरिनाको जोडीको भने अहिले देखि नै चर्चा हुन थालेको छ। चाँडै रिलिज हुने फिल्म बार बार देखो को ट्रेलर केही दिन अगाडि सार्वजनिक गरिएको छ। निर्देशक नित्या मेहराद्वारा निर्देशित फिल्म बार बार देखो निकै रोमान्टिक फिल्म भएको संचारमाध्यमले उल्लेख गरेका छन्।




फिल्मको ट्रेलर हेरेर धेरै कुरा जानकारी पाउन सकिन्छ। संचारमाध्यमका अनुसार फिल्मको कथाबस्तु भविष्यको जानकारी हुने एक व्यक्तिको सेरोफेरोमा घुमेको छ।

No comments:

Post a Comment