Wednesday, August 10, 2016

महंगी र कालोबजारी रोक्न प्रधानमन्त्री दाहालको निर्देशन

२६,श्रावण – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनु भएको छ । बुधबार बालुवाटारमा भएको एक कार्यक्रम मा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारीसमेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ,’ उनले भने,‘ मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु।’

प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको पनि  जानकारी दिए। अहिलेको चुनौति र अवसरपूर्ण क्षणमा दोस्रोपटक प्रधानमन्त्री भएकाले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने आफ्नो मुख्य जोड रहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले ‘विगतका तीता मिठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममुखी काम गर्नेछु,’ उनले भने,‘ आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु।’

प्रधानमन्त्री दाहालले सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पूर्ननिर्माण र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने भ्रष्टाचार, कालो बजारी नियन्त्रण गर्ने कुरामा प्राथमिकतामा राखेको उल्लेख गर्दै भने,‘मैले यसबारेमा जनताले प्रत्यक्ष राहत महशुस गर्ने गरी द्रूतगतिमा काम गर्न सचिवहरुलाई निर्देशन दिईसकेको छु ।’ उनले आफूले प्रभावकारी र शक्तिशाली अनुगमन गर्ने कुरालाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
विगतमा भारत र नेपालको महँगी अनुपात लगभग समान रहेको पाइएपनि अहिले भारतको बजार उस्तै रहेको तर नेपालमा मूल्यवृद्धि ह्वात्तै बृद्धि हुनु चिन्ताजनक भएको भन्दै प्रधानमन्त्री दाहालले भने,‘मुल्यवृद्धि र कालोबजारी रोक्नेबारेमा मेरो पुरै ध्यान केन्द्रित रहन्छ ।’

भूकक्पपछिको मुलुकको पूर्ननिर्माण असाध्यै ढिलो गतिमा बढेको उल्लेख गर्दै आफुले पहिलो क्याविनेट बैठकबाटै ४५ दिनभित्र भूकम्पपीडितलाई पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिईसकेको बताए । उनले थपे,‘भूकम्पपीडितलाई राहत दिने कुरामा र सरकारले गरेको निर्णय कार्यान्वयन गराउन मैले निर्देशन दिइसकेको छु ।’


No comments:

Post a Comment