Wednesday, August 10, 2016

सामी को ठाउमा ब्रेथवेट वेस्टईनडिज क्रिकेट टिमको कप्तान

भारत बिरुद्द हुने टि-२० अन्तरास्ट्रिय खेल को लागि वेस्ट ईनडिज टिम को घोषणा भएको छ  । वेस्ट ईनडिज क्रिकेट बोर्डले जसमा ठुलो परिवर्तन गर्दै कार्लोस ब्रेथावेट लाई डेरेन सामी को ठाउमा कप्तान बनाईएको छ  । सामी लाई केहि दिन पैल्ये कप्तान बाट हटाईएको थियो र उनलाई यस टिम मा सामिल पनि गराईएको छैन  । 

२८ बर्षिय ब्रेथवेट लाई ठुलो जिम्मेवारी सुम्पिएको छ  ।  यस्तै सुलेमान वेन, दिनेस रामदिन, एश्र्ले, र जेरोम टेलर लाई पनि छुट्टी दिएको छ  ।  दिग्गज अलराउन्डर किरोन पोलार्ड र घातक स्पिनर सुनिल नरेन को टिम मा वापसी भएको छ  । 

डेरेन सामी को ठाउमा कप्तान बनाईएका ब्रेथवेट यसै बर्ष कोलकत्ता मा टि-२० वर्ल्ड कप फाईनल मा ईन्ग्ल्यांड बिरुद्द अन्तिम ओभरमा लगातार चार छक्का प्राहार गरि टिमलाई उपाधि दिलाएका थिय  ।  त्यसै बेलादेखि ब्रेथवेट चर्चामा आएका थिय  । 

No comments:

Post a Comment