
रोल्पाको लिबाङमा बुधबार आफूले अध्ययन गरेको बालकल्याण उच्च माविको भवन शिलान्यास गर्दै सभामुख घर्तीले यस्तो बताउनुभएको हो ।
दश वर्षे सशस्त्र युद्धको समयमा समग्र शिक्षा क्षेत्रनै प्रभावित भएकोले अब देशमा शैक्षिक जागरण ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । अब शिक्षामा डिजिटल माध्यम र इन्टरनेटको प्रविधिलाई प्रयोग गर्नुपर्ने आवश्यकता रहेको पनि सभामुख घर्तीले बताउनुभयो ।
युद्धको समयमा रोल्पाका युवा पढाइमा भन्दा पनि राजनीतिक परिवर्तनमा होमिनु परेको भन्दै अहिले शैक्षिक जागरण ल्याउनुपर्ने उहाको बताउनुभयो ।
यसअघि रोल्पा जिल्लाले अर्थमन्त्री पाउँदा धेरै बजेट आएको भएता पनि सबै खर्च हुन नसकेको भन्दै अहिले दोस्रो पटक फेरि अर्थमन्त्री पाएकोले रोल्पाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
No comments:
Post a Comment