Thursday, August 11, 2016

एक सिटे दलका नेतालाई पनि मंत्री बन्न हतार

२८,श्रावन – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारमा मन्त्री खानका लागि एक सिटे दलका नेताले कसरत गरिरहेका छन्  ।
काँग्रेस र माओवादी मात्रै हुँदा नै लगभग बहुमत पुगेको अवस्थामा एक सिटेहरुलाई धेरै भाउ दिन नहुने मत जवरजस्त आएका कारण पनि उनीहरु यतिखेर जसरी भएपनि मन्त्री बन्नै पर्ने घुर्की देखाउन थालेका छन् ।
त्यसमा एकनाथ ढकालको पार्टी नेपाल परिवार दल, नेपाली जनता दलका हरिचरण साह, प्रेमबहादुर सिंह, जनजागरण पार्टीलगायतले मन्त्रालय मागेका छन् ।
यस्तै रुक्मिणी चौधरी, एशोदाकुमारी लामा, गोपाल दहितलाई पनि मन्त्रीचाहिएको छ । उनीहरुले काँग्रेस नेता शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफूहरुलाई जसरी भएपनि मन्त्रीबनाउन दबाव दिएका छन् ।

No comments:

Post a Comment