Friday, August 12, 2016

मन्त्रिपरिषद्मा एक तिहाइ महिला सहभागिताको माग

काठमाडौँ, साउन २८ – अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका रूपमा स्थापित सञ्जालले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी संवैधानिक आयोग, कूटनीतिक निकाय र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्नसमेत जोडदार माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नै पहलमा राष्ट्रपति र सभामुख महिला भएको अवस्थामा मन्त्रिपरिषद् र राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागिसमेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको महिला सञ्जालले  जानकारी दिएको छ ।

No comments:

Post a Comment