Thursday, August 11, 2016

भूकम्प पिडित र बाढी पिडित दुखमै ओली सरकार ले बाड्यो आफ्ना कार्यकर्तालाई २७ लाख

२८,श्रावण- नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै आफ्ना कार्यकर्तालाई व्यक्तिगत रूपमा २७ लाख रुपियाँ बाँडेको पाइएको छ।
माओवादीले समर्थन फिर्ता लिएपछि साउन ७ र १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत नेकपा एमालेका केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई मनलागी पैसा बाँडेको हो। भूकम्पपीडित, बाढीपहिरो पीडितले खर्च नपाएका बेला ओली सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई रकम दिएको छ।
एमाले केन्द्रीय सदस्य घनेन्द्र बस्नेतलाई ३ लाख, गणेश मैनालीलाई २ लाख तथा अछाम, पातलकोटका सिद्धराज जोशी, खोटाङ, चिसापानीकी गंगालक्ष्मी श्रेष्ठ, दोलखा जफेका मधुकर पोखरेल र काब्रेका वैकुण्ठ घिमिरे, अर्घाखाँची, धारापानीका बालकुमारी थापा, बझाङ, भामचौरका निशा धामी, डोटीका रवीन्द्र शाहीलाई एक–एक लाख रुपियाँ बाँडिएको हो।
त्यसै गरी  झापा, अनारमनीकी विशेश्वरा दाहाललाई ५ लाख, कुरुङवाङका रुद्र कुमारलाई  २ लाख, कालिकोटकी रीता आचार्य, रुपन्देहीका चतुर्भुज आत्रेय, काभ्रेका दिलीप लामा, अछामका कीर्ति सिंह, दोलखाकी सिर्जना गोले, चितवनकी मीना परियार, सिन्धुपाल्चोक, भोटेचौरका गणेश सापकोटालाई १ हजार रुपैयाँका दरले आर्थिक सहायता दिने बैठकको निर्णय छ। ती सबै एमाले नेता–कार्यकर्ता मात्रै रहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बैतडी, चौखामका मनोजकुमार चन्दलाई ३ लाख रुपियाँ आर्थिक सहायता दिइएको पाइएको छ। आरोही सञ्जय पण्डितलाई अन्टार्कटिका महादेशमा रहेको विन्सोन मसिफ हिमाल आरोहण गर्न ५ लाख रुपियाँ दिइएको छ।

No comments:

Post a Comment