
फेल्प्सले शुक्रबार बिहान भएको पुरुष दुई सय मिटर मिदलेमा स्वर्ण पदक जितेका हुन् I यो उनको रियो ओलिम्पिक मा चौथो स्वर्ण पदक हो भने समग्र मा २२ औं ओलम्पिक स्वर्ण पदक हो I
पुरुष दुई सय मिटर मिदलेमा उनको यो लगातार चौथो स्वर्ण पदक हो I उनि पौडीको एउटै स्पर्धामा लगातार चार वटा स्वर्ण जित्ने पहिलो खिलाडी बनेका छन् I
फेल्प्सले जापानका कोसुके हागीनोलाई पछी पार्दै स्वर्ण पदक जितेका हुन् I फेल्प्सले एक मिनेट ५४ दशमलव ६६ सेकेन्डमा दुरी पार गरेर स्वर्ण पदक जितेका हुन् I एक मिनेट ५६ दशमलव ६१ सेकेन्डमा दुरी पुरा गरेका हागीनोले रजत पदक जिते I यस्तै चीनका वाङ सुङले एक मिनेट ५७ दशमलव 5 सेकेन्ड मा दुरी पुरा गरि कास्य पदक जिते I
No comments:
Post a Comment