२५,श्रावन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदी अरेबियामा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्न परराष्ट्र सचिव शंकरदास बैरागीलाई निर्देशन दिएको २४ घण्टा नपुग्दै साउदी अरेबियास्थित नेपाली महाबाणिज्यदूतावासले विज्ञप्ति निकालेको छ ।
दूतावासले विज्ञप्तिमार्फत घर फर्कने चाहने नेपालीलाई निःशुल्क भिसा दिने विषयमा छलफल भइरहेको जनाएको छ । प्रधानमन्त्री दाहालले साउदीमा अलपत्र परेका नेपालीलाई त्यही अन्य रोजगारीको व्यवस्था गरिदिन वा सरकारी खर्चमा नेपाल झिकाउन निर्देशन दिएपछि उताबाट त्यस्तो जवाफ आएको हो ।
साउदीमा आर्थिक संकट परेपछि समस्यामा परेका ४१ कामदारमध्ये ६ जनालाई नेपाल पठाइएको र अन्यलाई खानाको प्रबन्ध मिलाइएको विज्ञप्तिमा जनाइएको छ ।
No comments:
Post a Comment